आइतवार, श्रावण २४ गते २०८३

युद्ध प्रभावित  नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन मानव अधिकार आयोगको आग्रह

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमारहेका नेपाली नागरिकहरुमा पर्न जाने प्रभावका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता प्रकट गरेको छ । 

आयोगले आइतबार विज्ञप्ति जारी गरेर युद्ध प्रभावित मुलुकका नेपाली नागरिकलाइ उद्धार गरेर स्वदेश फर्काउने विषयमा पहल गर्न सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरुलाई आग्रह गरेको छ । 

युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति गम्भीर चासो र चिन्ता प्रकट गर्दै आयोगले र राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भएपनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने बताएको छ । 

यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरुमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने रजोखिममा रहेका नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्ने आयोगले जनाएको छ । 

यसका लागि सरकारले आफ्ना कुटनीतिक नियोगहरुको प्रभावकारी परिचालनगर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपालीसङ्घ÷सङ्गठनहरुसँगसमेत समन्वयर सहकार्य गर्नु आवश्यक छ, आयोगका सहसचिव डा. टिकाराम पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार