आइतवार, श्रावण २४ गते २०८३
मध्यपूर्व तनावको मारमा नेपाली श्रमिक

१२ मुलुकमा श्रम स्वीकृति स्थगित

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । मध्यपूर्व तथा खाडी देशहरुमा उन्पन्न परिस्थितीका कारण मध्यपूर्वका १२ देशमा जाने कामदारको लागि तत्का श्रम स्वीकृति रोकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति रोकिएको जनाएको हो । 

मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको हो ।

ती देशहरूमा वैदेशिक रोजगारीका लागि जाने कामदारहरूले अबदेखि अर्को निर्णय नभएसम्म व्यक्तिगत वा संस्थागत कुनै पनि प्रकारको श्रम स्वीकृति पाउने छैनन् ।

 

मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई एक पत्र पठाउँदै विभाग वा अन्तर्गतका कार्यालयहरूबाट प्रदान गरिने यस्ता श्रम स्वीकृतिहरू तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ । सो क्षेत्रमा विद्यमान असहज परिस्थिति र कामदारहरूको सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले यो कदम चालेको हो । अर्को सूचना जारी नभएसम्म यो स्थगित प्रक्रिया जारी रहनेछ

प्रतिक्रिया
सम्बन्धित समाचार