काठमाडौं । सार्वजनिक विदामा पेट्रोलियम पदार्थको विक्रि खुुला हुने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सार्वजनिक विदामा नेपाल आयल निगमका डिपो÷शाखा कार्यलयहरु खुुला हुने भएका छन् ।
बजारमा पेट्रोलियम पदार्थको आपूूति व्यवस्था सहज राख्न डिपो तथा कार्यलय खुुला हुने भएका हुुन ।
सरकारले आसन्न चुनावलाई लक्षित गरेर आगामी बुुधबार, बिहिबार र शुुक्रबार तीन दिन सार्वजनिक विदा दिएको छ ।
सार्वजनिक विदा अवधिभर डिपो खुुला हुने निगमले जानकारी दिएको छ । निगमले विज्ञप्तीमार्फत कार्यलय खुुल्ने दिन र सम्पर्क व्यक्ति समेत तोकेको छ । निगमका अनुसार विराटनगरको कोशी प्रादेशिक कार्यलय २२ र २४ खुला हुने छ । यस्तै मधेश प्रादेशिक कार्यलय अमलेखगन्ज १८,२० र २३ मा खुुला हुने छ ।
यस्तै ईन्धन डिपो, महेन्द्रनगर र धनुसा २२,२४, गण्डकी प्रादेशिक कार्यलय पोखरा,२०,२३ र २४, लुुम्बिनी प्रादेशिक कार्यलय भैरहवा १र २३ मा खुुला हुने निगमले जनाएको छ । इन्धन डिपो नेपालगन्ज २० र २२मा खुला हुने छ । कर्णाली प्रादेशिक कार्यलय सुुर्खेत १,२० मा खुुला हुने छ । सुदुरपश्चिम प्रादेशिक कार्यलय धनगढी १८,२० र २२ मा खुला हुने छ ।
शाखा कार्यलय चारआली २२र २४, शाखा कार्यलय वीरगन्ज २०,२२, २३ र २४ गते खुला हुने निगमले जनाएको छ ।
यस्तै काठमाडौँको थानको डिपोमा सोमबार विदाको दिन समेत पेट्रोलियम पदार्थको विक्रि खुला हुने निगमले जनाएको छ ।