काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारी सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ । पार्टी केन्द्रीय प्रचारप्रसार समितिका अनुसार पत्रकार सम्मेलन सोमबार दिउँसो चार बजे पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा आयोजना गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन प्रयोजनको लागि आजै राती १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । त्यसपछि निर्वाचन सम्बन्धि कुनै गतिविधि गर्न नपाइने हुनाले कांग्रेसले आजै पत्रकार सम्मेलन गर्न लागेको हो । हिजो मात्रै नेपाली कांग्रेससँग कांग्रेस बिपी समाहित भएको थियो ।