आइतवार, श्रावण २४ गते २०८३

होली मनाउँदा थुप्रिएको फोहोर सोमबार साँझ नै उठायो महानगरपालिकाले

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । होली पर्व मनाउने क्रममा सहभागीहरुले उत्पादन गरेको फोहर काठमाडौं महानगरपालिकाले सफा गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलबाट होली खेल्दा भएको फोहोर सफाइ गरिएको छ । 

महानगरपालिकाका कर्मचारीले होलीको दिन सोमबार साँझ नै सफाइ गरेका हुन् । दिउँसो होली खेल्दा भएको फोहोर महानगरपालिकाले उठाएपछि सोमबार साँझ नै सडकहरु सफा र टिलिक्क देखिएका छन् । महानगरपालिकाका कर्मचारी सोमबार साँझसम्म पनि सरसफाईमा व्यस्त थिए । 

प्रतिक्रिया
सम्बन्धित समाचार