दुबई । दुबई र अबु धाबी विमानस्थलको उडन सुचारु भएको छ । खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको उडान तीन दिनपछि सोमबार साँझबाट पुनः सुरु भएको आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ ।
उक्त प्रशासनका अनुसार तत्कालका लागि ‘सीमित’ उडानहरुमात्रै सुचारु गरिएको छ । दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी) बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको हो ।
खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ ।
इरानले शनिबारदेखि अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।
संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।