आइतवार, श्रावण २४ गते २०८३

मतदाता परिचय पत्र नागरिक एपबाटै लिन सकिने

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८ को मतदानमा सहभागी हुन चाहने व्यक्तिले नागरिक एपबाटै आफ्नो मतदाता परिचय पत्र हेर्न र स्क्रिन सट लिन सक्ने भएका छन् । 

नागरिकले निर्वाचनलाई लक्षित गरेर यस्तो सुविधा दिएको हो । यसअघि नागरिक एपबाट उपलब्ध हुने कागजपत्रहरु स्क्रिन सट लिन सक्ने सुविधा थिएन ।

नागपरक एपले सुचना जारी गरेर यस्तो बताएको हो । तर उक्त एपबाट मतदाता परिचयपत्रको स्क्रिन सट लिन चाहनेले एपको २.०.९१ भर्सन डाउनलोड गर्नुपर्नेछ । 

साथै, स्क्रिन सट लिँदा व्यक्तिगत विवरण सुरक्षित राख्न तथा अनधिकृत व्यक्तिलाई आफ्नो विवरण नलिन पनि एमले सुचित गरेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार