काठमाडौं । मतदानको मिति नजिकिँदै गर्दा मतदाताहरु गाउ र्फकने क्रम बढ्दै गएको छ । अहिले पनि बालाजु, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा मतदान गर्न गाउँ जाने याुत्रुहरुको भिंड दखिन्छ । प्रतिनिधि सभा निर्वाचन, २०८२ को मतदान फागुन २१ गते विहिबार हुँदैछ ।
बुधबार रात्री तथा लामो दुरीका सवारी साधन नचल्ने भएका कारण यात्रुहरु मंगलबार नै गाउँ फर्कन लागेका हुन् । बुधबार राती १२ बजेबाट सम्पूर्ण आवातजावत बन्द गर्ने निर्वाचन आयोगले यसअघि नै निर्णय गरिसकेको छ । तर गाउँ फर्कनको लागि सवारी साधनको अभाव रहेको यात्रुको गुनासो छ । किनकी अधिकांस सार्वजनिक बसहरु राजनीतिक दलले आफ्ना कार्यकर्ता बोक्न रिजर्भ गरेका छन् ।