आइतवार, श्रावण २४ गते २०८३

भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका(९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो । भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।

उनलाई  आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार