बुधवार, आश्विन १४ गते २०८३

पेट्रोलियम पदार्थको अभाव नहुने सरकारी आश्वासनलाई बेवास्ता गर्दै पम्पहरुमा सवारीको लाइन

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रास फैलिएपछि पेट्रोलपम्पमा सवारी साधनको लर्को लागेको छ ।

पेट्रोल तथा डिजेल भर्न अहिले राजधानीका अधिकांस पेट्रोल पम्पमा सवारी साधन लिएर जानेहरुको भीड लाग्न थालेको छ ।

नेपाल प्रहरी, नेपाल आर्मी लगायतले सञ्चालन गरेका पट्रोल पम्पमा धेरै भिंड देखिएको छ । 
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको अभाव नहुने र निर्वाचनको समयमा पनि पम्पहरु खुल्लै रहने सूचना सार्वजनिक गरिसकेको छ । 
तर सर्वसाधारणहरु भने उक्त सूचनालाई बेवास्था गर्दै पम्पहरुमा लाइनमा बसेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार