आइतवार, श्रावण २४ गते २०८३
मध्यपूर्व तनावको मारमा नेपाली

यूएईमा ‘ओभरस्टे’ भएकालाई तत्काल जरिबाना नलाग्ने

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ ।

यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै फेब्रुअरी २८ पछि भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना (फाइन) नलाग्ने जनाएको हो ।

दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएपनि संयमता अपनाउन भने सबैलाई अनुरोध गरेको छ । यसअघि यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्था जानकारी दिन दूतावासले अनुरोध गरेको छ । यसको लागि छुट्टै पोर्टल समेत निर्माण गरिएको छ । 

पछिल्लो समय इजरायल–अमेरिकाले इरानमा हवाई आक्रमण गर्दै आएका छन् । इरानले प्रतिआक्रमणको रूपमा इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गर्दै आएको छ । गत शनिवारदेखि  यो क्रम चलेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार