बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

अहिलेसम्म ६८ क्षेत्रको नतिजा  आयो, रास्वपा ५५ क्षेत्रमा विजयी, अन्यको कति

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को फागुन २१ सम्पन्न निर्वाचनमा हालसम्म ६८ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५५ क्षेत्रमा विजयी हुँदै पहिलो पार्टी बनेको छ । 

 निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७ क्षेत्रमा विजयी भएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन स्थानमा विजयी भएको छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दुई स्थानमा जितेको छ । स्वतन्त्र उम्मेदवारले एक स्थानमा जितेको छ । 

मतगणना भइरहेको स्थानमध्ये रास्वपा ६८ निर्वाचन क्षेत्रमा अगाडी रहेको  । नेपाली कांग्रेस र एमालेले दश दश स्थानमा अग्रता लिएका छन् । नेकपाले ६ र श्रम शक्ति पार्टीले तिन क्षेत्रमा अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक क्षेत्रमा अग्रता लिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार