काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिकतर्फ तीन लाख ८३ हजार आठ सय ९६ मतगणना सम्पन्न भएको छ । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले दुई लाख पाँच हजार ६ सय नौ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले ६३ हजार पाँच सय २८ मत प्राप्त गरेको छ भने एमालेले ४९ हजार नौ सय ३४ मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २० हजार एक सय ४७ मत प्राप्त गरेको छ ।
त्यस्तै राप्रपाले १६ हजार चार सय ८५, श्रम शक्ति पार्टीले आठ हजार एक सय ८१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ६ सय ८९ मत पाप्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले एक हजार सात सय पचासी, जनता समाजवादी पार्टीले एक हजार साय सय ३७ मत ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एक हजार तीन सय ३७, जनमत पार्टीले एक हजार एक सय ७४, राष्ट्र निर्माण दल नेपालले नौ सय ८२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।