बुधवार, आश्विन १४ गते २०८३
झापा ५ मा बालेनको सान्दार विजय

मतदाताप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद छ’

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह (बालेन) ले सान्दार विजय हाँसिल गरेका छन्् । शनिबार साँझ सार्वजनिक भएको मत परिणाम अनुसार बालेनले ६८ हजार ३४८ मत ल्याएका छन् । 

उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८,७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा निर्वाचित बालेन्द्र शाह (बालेन) ले मतदातालाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिएका हुन् ।

उनले ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, छ’ लेखिएको ब्यानर समर्थकलाई देखाएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार