बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

समानुपातिकतर्फ २५ प्रतिशत मतगणना सकियो, कुन कुन बन्दैछन् राष्ट्रिय दल

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । समानुपातिक प्रणालीमा मुलुकभर करिव २५ प्रतिशत मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार २७ लाख ६१ हजार एक सय ५९  मत गणना सकिएको छ । 

गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १३ लाख ८८ हजार चार सय २१ मत ल्याएको छ । योसँगै रास्वपा प्रत्यक्ष र समानुपातिकतर्फ समेत गरेर दुइ तिहाई मत ल्याउने बाटातर्फ अग्रसर देखिएको छ । 

समानुपातिकतर्फ हाल दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले चार लाख ७१ हजार तीन सय ५५ मत ल्याएको छ । तेश्रो स्थानमा रहेको नेकपा (एमाले) ले तीन लाख ८० हजार नौ सय ३२ मत ल्याएको छ । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक लाख ८२ हजार आड सय ३४ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख एक हजार दुई सय २४ मत ल्याएको आयोगले जनाएको छ । त्यस्तै श्रम शक्ति पार्टीले ५६ हजार ६ सय तीन मत ल्याएको छ । मतगणनाको अवस्था हेर्दा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् ।

पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् । प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा तीन सिट कटाउनुपर्छ । करिब एक करोड १० लाख मत खसेको अनुमान गर्दा थ्रेसहोल्ड कटाउन ३ लाख भन्दा बढी मत पाउनुपर्ने देखिन्छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार