काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हालसम्म पचास लाख ७८ लाख मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै २५ लाख मत प्राप्त गरेको छ ।
यो कुल गण्ना गरिएको मतको पचास प्रतिशत भन्दा केहि बढी हो । मतगणनामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले आठ लाख ४४ हजार तीन सय ८ठ मत प्राप्त गरेको छ भने तेश्रो स्थानमा रहेको नेकपा (एमाले) ले सात लाख २२ हजार सात सय ४६ मत प्राप्त गरेको छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन लाख ४५ हजार आठ सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८१ हजार पााच सय तथा श्रमशक्ति पार्टीले एक लाख २४ हजार दुइ सय २९ मत प्राप्त गरेको छ । यि बाहेक अन्य दलले राष्ट्रिय दलको मान्यता नपाउने देखिएको छ ।
राष्ट्रिय दलको मानयता पाउन कुल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था छ । मतदातमा एक करोड नौ लाखको हाराहारीमा मत खसेको थियो ।