काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक सय ५५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।
बाँकी क्षेत्रको मतगणना जारी रहेको छ । मतगणना जारी रहेका क्षेत्रमध्य राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच क्षेत्रमा अग्रता लिएको छ । यस पार्टीले एक सय २० क्षेत्रमा जित हाँसिल गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हाँसिल गरेको छ । अब यस पार्टी कुनै पनि क्षेत्रमा अग्रस्थानमा छैन । नेकपा (एमाले) ले भने हालसम्म सात क्षेत्रमा प्रत्यक्षतर्फ जित हाँसिल गरेर तीन स्थानमा लिड गरिरहेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले सात, श्रम संस्कृति पार्टीले तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक तथा स्वतन्त्र उम्मेदवारले एक स्थानमा जित हाँसिल गरेको छ ।