काठमाडौं । कुल एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले आइतबार साँझसम्म १७ वटा निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको छ ।
यसबाहेक कांग्रेसले अन्य कुनै पनि क्षेत्रमा अग्रस्थान हाँसिल गरेको छैन । कांग्रेसले प्रत्यक्षतर्फ जितेका १७ सिट निम्न रहेको छ ।
पाँचथर– १ नरेन्द्र कुमार केरुङ, तेह्रथुम– १ सन्तोष सुब्वा, सोलुखुम्बु– १ प्रकाश सिंह कार्की, रौतहट– २ मो. फिरदोश आलम, रसुवा– १ मोहन आचार्य, मनाङ– १ टेक बहादुर गुरुङ ।
मुस्ताङ– १ योगेश गौचन थकाली, पाल्पा– १ सन्दीप राना, कपिलवस्तु– ३ अभिषेक प्रताप शाह, सुर्खेत– १ विष्णुबहादुर खड्का, दैलेख– १ बासना थापा, जाजरकोट– १ खडकबहादुर बुढा, हुम्ला– १ जय पती रोकाया, मुगु– १ खड्ग शाही ।
बाजुरा– १ जनकराज गिरी, अछाम– १ भरत कुमार स्वार। डोटी– १ भरतबहादुर खड्का ।