आइतवार, श्रावण २४ गते २०८३
रास्वपाको वहुमतसँगै शेयर लगानीकर्ता उत्साहित

जानकारहरु भन्छन्, ‘केहि दिन शेयर किन्नै नपाउने गरि सकारात्मक सर्किट लाग्छ’

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वहुमत ल्याएर पाँच वर्षसम्म एकल सरकार गठन गर्ने पक्का भएसँगै शेयर बजारमा पनि उत्साह छाएको छ ।

विगतमा छोटो समयमै सरकार गठन र ठाल्ने खेल हुने गरेका कारण शेयर बजार पनि स्थिर हुन सकेको थिएन । तर यसपटक पाँच वर्षसम्म एकै पार्टीको सरकार बन्ने र उक्त पार्टीको बाचापत्रमा समेत शेयर बजार सुधारको लागि थुप्रै प्रस्ताव गरेका कारण लगानीकर्ताहरु समेत उत्साहित भएका छन् ।

लगानीकर्ता विवस भट्ट रास्वपाले वहुमतको सरकार गठन गरेर पाँच वर्षसम्म स्थिर सरकार गठन हुने पक्का भएका कारण सोमबारको शेयर बजारमासर्किट लाग्नसक्ने बताउँछन् । 

पुँजीबजारका विज्ञहरुले पनि यसपटक शेयर सूचकले ऐतिहाँसिक रेकर्ड राख्ने बताउँदै आएका छन् । लामो बिदापछि सोमबार खुल्न लागेको बजारम केहि दिन लगानीकर्ताको अत्यधिक आकर्षण बढ्ने र केहि दिन शेयर किन्न नै नपाउने गरि सकारात्मक सर्किट लाग्ने सक्ने विज्ञहरुको दाबी छ ।

कस्तो अवस्थामा लाग्छ शेयर बजारमा सर्किट ?

२०६४ अघि शेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन । समग्र बजारमामात्रै होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरुमा समेत लगाएको छ । कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ ।

एकैदिन कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन सक्दैन । मानौं, ‘ए’ भन्ने कम्पनीको शेयर मूल्य १ सय रुपैयाँ छ । यो कम्पनीको शेयर मूल्य ११० रुपैयाँको विन्दुमा पुगेमा सर्किट ब्रेकर लाग्छ । घट्दा पनि सोही किसिमले १० प्रतिशतबाट घटेर ९० मा झर्न सक्छ । तर एकैदिन एक सयबाट घटेर ८९ रुपैयाँमा झर्दैन । कम्पनीको मूल्यमा सर्किट लाग्दा अरु कम्पनीको कारोबार भने रोकिदैन ।

कसरी हुन्छ कारोबार बन्द ?

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार