काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभाको चुनावमा १४ लाख १७ हजार रुपैंया खर्च गरेका छन् ।
शाहले निर्वाचन आयोगमा चुनावी खर्चको विवरणमा उक्त रकम उल्लेख गरिएको छ । सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ ।
शाहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन् । त्यहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
त्यस्तै सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन् ।