काठमाडौं । निर्वाचन आयोगले लागु गरेको निर्वाचन आचारसंहिता आज राती १२ बजेदेखि हट्ने भएको छ । आयोगले सोमबार आचारसंहिता हटाउने निर्णय गरेको हो ।
आचारसंहिता हटेसँगै सरकारलाई सरुवा, बढुवा, नियुक्ति तथा विकास निर्माणका काम गर्न कुनै बाधा पुग्ने छैन ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निश्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि सो आचारसंहिता लागू भएको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएकोमा आजदेखि उक्त आचारसंहिता लागू नरहने आयोगले जनाएको हो ।