सोमवार, श्रावण २५ गते २०८३

मंगलबार १६७७ संक्रमित थपिए, २१ जनाको मृत्यु

मंगलवार , भाद्र २२, २०७८

काठमाडौं। मंगलबार १ हजार ६७७ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १११ पीसीआर परिक्षण गर्दा १ हजार ४२३ र ३ हजार ९२३ एन्टीजेन परिक्षणमा २५४ गरी जम्म १ हजार ६७७ संक्रमित फेला परेका हुन्। 

हालसम्म नेपालमा पीसीआरबाट ७ लाख ७२ हजार १८२ र एन्टीजेनबाट ८५ हजार ७१३ संक्रमित भेटिएका छन्। जसमध्ये ७ लाख ३१ हजार संक्रमित संक्रमण मुक्त भैसकेका छन्।  पछिल्लो २४ घण्टामा २ हजार ७२ जना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्याङक छ।

त्यस्तै मंगलबार २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान जानको संख्या १० हजार ८७९ जना पुगेको छ। हाल नेपालमा ३० हजार ३०३ जना सक्रिय संक्रमित छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार