बुधवार, आश्विन १४ गते २०८३

रवि बालेन मिलाएका सुधनको काँधमा गोरखा १ को जिम्मेवारी

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । जेनजी सरकार गठनदेखि  रवि लामिछाने र बालेन्द्र शाहको मिलनमा महत्वपर्ण भूमिका निर्वाह गरेका जेनजी अभियन्ता सुधन गुरुङ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा निर्वाचित भएका छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका थिए । 

सोमबार सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएका हुन् । उनले  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरेका हुन् । खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका थिए । 

यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार