बुधवार, आश्विन १४ गते २०८३

समानुपातिकमा रास्वपाले कटायो पचास लाख, कुन दललाई कति सिट

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुग्दा पहिलो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भन्दा तेब्बर बढी मत प्राप्त गरेको छ । 

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना भने जारी छ । समानुपातिकतर्फ १ करोड ३ लाख ४४ हजार ९५२ समानुपातिक मतगणना सम्पन्न भएको छ ।  रास्वपाले समानुपातिकतर्फ पचास लाख ५२ मत पाएको छ । 

यस दलले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो । समानुपातिक मतका आधारमा रास्वपाले समानुपातिक मतबाट मात्रै ५८ सिट थप्ने सम्भावना देखिएको छ ।  

नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मत पाएको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको यिो । अहिलेको समानुपातिकतार्फकोे मत विश्लेषण गर्दा कांग्रेसले समानुपातिक मतबाट थप १९ सिट पाउने सम्भावना देखिएको छ ।

 यसैगरी प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख २४७ मत पाएको छ । एमालेले समानुपातिक मतबाट १६ सिट थप्ने सम्भावना छ ।

प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ७ लाख ६१ हजार ६८० मत पाएको छ । उसले समानुपातिक मतबाट थप ९ सिट पाउने सम्भावना छ ।

चार महिना अघि मात्रै स्थापना भएर पनि प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ४९ हजार १४० मत पाएको छ । थ्रेसहोल्ड नाघेर राष्ट्रिय पार्टीको मान्यता पाएको श्रम संस्कृतिले समानुपातिक मतबाट ४ सिट थप्ने सम्भावना छ ।

 यसैगरी प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकमा ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ र ऊ पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । हालसम्मको समानुपातिक मतको आधारमा राप्रपाले पनि ४ सिट थप पाउने सम्भावना देखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार