आइतवार, श्रावण २४ गते २०८३

काठमाडौंमा बढ्यो चहलपहल

मंगलवार , फाल्गुण २६, २०८२

कठमाडौं । चुनावी माहोल सकिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बाक्लिन थालेको छ । फागुन २१ गते सम्पन्न भएको मतदान प्रक्रियाको नतिजा पनि करिब करिब आइसकेको छ । प्रत्यक्षतर्फको चुनावी परिणाम सबै आइसकेको छ । 

समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । यसबिचमा मतदान गर्न जिल्ला गएका नागरिकहरु प्नि उपत्यका प्रवेश गरिसकेका छन् । 
शैक्षिक संस्था तथा अन्य कार्यालयहरु प्नि सुचारु भइसकेका छन् । 

त्यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको नजिक सिट जित्ने भएपछि नागरिकमा पनि उत्साह छाएको छ । यसैको प्रभाव स्वरुप बजारमा चहलपहल बढेको हो । 

प्रतिक्रिया
सम्बन्धित समाचार