काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा १२ खर्ब रुपैयाँ विप्रेषण(रेमिट्यान्स) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघ मसान्तसम्म ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५ प्रतिशतले बढेको थियो।
गत आर्थिक वर्षको यो अवधिमा विप्रेषण आप्रवाह १३७ अर्ब ५० करोड रहेको थियो । चालु आवको माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अघिल्लोसमीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो।