आइतवार, श्रावण २४ गते २०८३

पुस्तक बेचेर पूर्व शिक्षामन्त्रीले कमाए १२ करोड, भन्छन्, कम्तिमा २० करोड कमाउनुपर्नेछ

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुस्तक बेचेर १२ करोड रुपैंया कमाएका छन् । आफ्नै आत्मकथा समेटिएको पुस्तक बेचेर पुनले यति धेरै पैसा कमाएका हुन् । 
पुस्तक बेचेर आएकार रकम बीरगञ्जको कृषि औचार सञ्चालनमा पुस्तक बेचेर आएको रकम खर्च गरिने पुनले बताए । पुनले बुधबार मात्रै एक हजार चार सय ८ वटा पुस्तक बेचेका छन् । 
पुस्तक बेचेपछि पुनले सामाजिक सञ्जालमार्फत बुधबार बिहान दश बजेदेखि सात बजेसम्ममा उक्त पुस्तक बेचेको बताएका हुन् । बीरगञ्जको कृषि औचार सञ्चालनमा पुस्तक बेचेर आएको रकम खर्च गरिने बताउँदै पुनले कारखानामा किसानहरुलाई प्रयोग हुने साना औजारहरु बनिरहेको जानकारी पनि दिएका छन् । साथै, पुस्तक बेचेरै कम्तिमा २० करोड रुपैंया कमाउनुपर्ने पनि उनले बताएका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार