बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

समानुपातिकको सिट आज बाँडफाड गर्दै निर्वाचन आयोग, रास्वपा पहिलो राप्रपा छैटौँ

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक मत प्रणालीतर्फ राजनीतिक दलहरुले पाएको मतको आधारमा आज सिट बाँडफाड गर्ने भएको छ ।

सिट बाँडफाड गरेपछि त्यसकै आधारमा आयोगले समानुपातिकमा उम्मेदवारको नाम पठाउन राजनीतिक दललाई पत्राचार गर्नेछ । 

तिन दिनको समय दिएर आयोगले पत्र पठाएपछि राजनीतिक दलले विभिन्न क्लष्टर अनुसार उम्म्ेदवार मनोनयन गरेर पठाउनेछ ।

राजनीतिक दलले मनोनयन गरेर पठाएको उम्म्ेदवरालाई संविधान र प्रचलित कानुन अनुसार मिलेको वा नमिलेको अध्ययन गरेर आयोगले प्रमाणपत्र प्रदान गर्नेछ । 

समानुपातिकतर्फको मतगणना बुधबार नै सम्पन्न भएको भएपनि जिल्लाबाट पठाइएको प्रमाणित प्रति अध्ययन गर्न समय लागेका कारण आयोगले औपचारिक रुपमा विहिबार मात्रै सिट बाँडफाड गर्न लागेको हो ।

समानुपातिकतर्फ पाएको मतदानको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो र राष्टिय प्रजातन्त्र पार्टी अन्तिममा परेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार