काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पार्टीको पक्षमा नआएपनि जनताको लाग काम गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विहिबार सामाजिक सञ्जालमार्फ कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर आफ्नो पार्टीको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै ओलीले यस्तो बताएका हुन् ।
यस पटकको निर्वाचनमा आफूले र पार्टीले पनि अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताउँदै ओलीले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने समेत बताए । र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको उनले बताए ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।,तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन ।’
‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद’ उनले लेखेका छन् ।