आइतवार, श्रावण २४ गते २०८३

शुक्रबारदेखि आधा भरिएको सिलिन्डर पाइने

बिहिवार , फाल्गुण २८, २०८२


काठमाडौं । सरकारले शुक्रबारदेखि बजारमा आधी तौलको सिलिण्डर बजारमा ल्याउने तयारी गरेको छ ।

नेपाल आयल निगमको  सञ्चालक समितिको बिहीबार बसेको बोर्ड बैठकले बजारमा आधी तौल ७.१ किलो तौलको ग्यास सिलिण्डर ल्याउने विषयमा औपचारिक रूपमा निर्णय गरेपछि शुक्रबारदेखि बजारमा आधी तौलको सिलिण्डर मात्रै बिक्री हुने भएको छ । उपभोक्तालाई ग्यासको आपूर्ति सहज बनाउन आधा तौलको सिलिन्डर पठाउने निर्णय गरिएको निगमले जनाएको छ । 

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाको अध्यक्षतामा बुधबार र आज बसेको बैठकले बजारको समस्यालाई समाधान गर्न आधी तौलको सिलिण्डरमा जाने विषयलाई टुंगो लगाइएको थियो । त्यहीअनुसार निगमको सञ्चालन समितिले आधी तौलको सिलिण्डरमा जाने निर्णय गरेको हो । यो निर्णय शुक्रबारदेखि लागू हुनेछ ।
बजारमा हल्लाको भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण  गर्न थालेपछि बजारमा अहिले ग्यास लिन ठूलो लाइन नै लाग्न थालेको छ ।

भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पर्याप्त परिमाणमा हालसम्म ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि त्यसको प्रभाव बजारमा परेको मन्त्रालयका ती अधिकारीले जानकारी दिए ।
अहिले पूर्ण तौल १४.२ किलोको सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ । आधी तौलको सिलिण्डरको मूल्य ९५५ रुपैयाँ पर्नेछ ।nnnnnnnn.jpg

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार