काठमाडौं । नेपालका तर्फबाट जेनेभाका लागि स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको व्यापार तथा वातावरण समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घको बुधबार बसेको महासभाको बैठकबाट सुवेदी आगामी एक वर्षका लागि सर्वसम्मतिबाट उहाँलाई निर्वाचित गरिएको हो परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त समिति एक स्थायी मञ्च हो जुन विश्वव्यापार संगठनका सदस्यहरूबिच व्यापार नीतिहरूको वातावरण र वातावरणीय नीतिहरूको व्यापारमा प्रभावसँगै वातावरणीय रूपमा दिगो व्यापार र जलवायु सम्बन्धी व्यापारका उपायहरूलाई प्रवद्र्धन गर्न छलफललाई सहज बनाउनको लागि काम गर्छ ।
मनत्रालयका अनुसार नेपालका लागि यो नेतृत्वको अवसर नेपालको विकासशिल मुलुकमा स्तरोन्नती हुने तयारीमा रहेका बेला आएको छ ।
जसकारण विश्व बजारमा नेपालको व्यापारलाई थप एकिकृत गर्दै संगठनका सदस्यहरूसँग मिलेर काम गर्नसक्ने सम्भावनालाई बढावा दिन सक्छ ।