काठमाडौं । निर्वाचन आयोगले समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसद सिटको बाँडफाड गरेको छ । समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको थियो ।
तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले विहिबार सिट बाँडफाडको निर्णय गरेको हो । आयोगका अनुसार समानपातिकतर्फ सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । रास्वपाको भागमा ५७ सिट परेको छ ।
त्यस्तै नेपाली कांग्रेसले २० सिट पाएको छ भने संसदमा तेश्रो ठूलो दल बनेको नेकपा (एमाले) ले १६ सिट पाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नौ सिट पाएको आयोगले जनाएको छ ।
चार महिनाअघि मात्रै खुलेको राष्ट्रिय श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार चार सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।