काठमाडौं । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्नुपर्ने भएका कारण राहदानी विभागले राहदानी वितरण केही दिन बन्द गर्ने भएको छ ।
तर सेवा अवरुद्ध कहिलेदेखि हुने भन्ने विषयमा भने पछि अर्को सूनामार्फत जानकारी गराइने पनि विभागले स्पष्ट पारेको छ ।
नयाँ प्रणाली जडानको क्रममा सेवा अवरुद्ध हुनसक्ने विभागले सूचनामार्फत् जानकारी गराएको हो । यस क्रममा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्ने विभागले सुचजना जारी गरेर बताएको छ ।
जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा वितरण रोकिनेछ । साथै, राहदानी विभागबाट प्रदान गरिने अन्य सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने विभागको सूचनामा उल्लेख छ ।
नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रण्णाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने विभागको भनाइ छ ।
उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्ने बताइएको छ ।