बुधवार, आश्विन १४ गते २०८३

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

शनिवार , फाल्गुण ३०, २०८२


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालयको बैठक आज बस्ने भएको छ ।

सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक शनिबार बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकको समय र स्थान भने सभापति लामिछानेको स्वास्थ्य अवस्था हेरेर छिट्टै सूचित गरिने उनले बताए । बैठकको कार्यसूचीमा समानुपातिक सांसदको नाम सिफारिस र विधि रहेको प्रवक्ता झाले जानकारी दिए ।

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार