बुधवार, आश्विन १४ गते २०८३

रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । रास्वपाले शनिबारका लागि बस्ने भनेको बैठक आइतबारका लागि सारेको छ ।

प्रवक्ता मनिष झाले सूचना जारी गर्दै भनेका छन्, ‘आज हुने भनेको सचिवालय बैठक भोलि बिहानको लागि तय गरेको जानकारी गराइन्छ ।’

उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आइतबार बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार