बुधवार, आश्विन १४ गते २०८३

श्रम संस्कृति पार्टीले पनि टुंग्यायो समानुपातिक उम्मेदवार

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं ।  हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको  छ । सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । 

सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ । चार जना सांसद पाउने भएपछि उक्त पाटीभित्र उम्मेदवार छनोटको विषयमा विवाद समेत भएको थियो ।

विवादका बीच शनिबार समानुपातिक सांसदहरूको टुङ्गो लागेको श्रम संस्कृति पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईले जानकारी दिइन् । 

उनका अनुसार सो पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। सो पार्टीले खोटाङ भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ विजय हासिल गरेको हो । समानुपातिकमा पनि पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत बनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार