काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ ।
निगमले सोमबारदेखि लागुु हुने गरी पेट्रोल प्रतिलिटरमा १५ र डिजेल\मट्टितेलमा प्रतिलिटरमा १० रुपियाँका दरले मूल्य वृद्धि गरिएको हो । मध्यपुर्वमा बढ्दो तनावका कारण अन्तराष्ट्रिय बजारमा मूल्य बढेर आएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब बजारमा तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपियाँ कायम भएको छ भने डिजेल÷मट्टितेलको मूल्य १५२ रुपियाँ पुगेको छ ।
यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ ।
पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपियाँ ५० पैसा र डिजेल\मट्टितेलको मूल्य १४९ रुपियाँ ५० पैसा कायम भएको निगमले जनाएको छ ।
पछिल्लो समय मध्यपुर्व र पश्चिम एशियामा देखिएको युुद्धको कारण खाना पकाउने एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्य अध्यधिक बृद्धि भइरहेको छ ।
निगमले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । मूल्य बृद्धि नगर्दा इन्डियन आयल कर्पाेरेशन (आइओसी)लाई तिर्नुपर्ने बक्यौता भुुक्तानी हुुन नसक्ने र यसबाट आपूर्ति प्रणालीमा थप अवरोध पुुग्ने निगमले जनाएको छ । मूल्य बृद्धि पश्चात पनि १५ दिनमा तीन अर्ब ९३ करोड रुपियाँ घाटा रहेको निगमले जाएको छ ।
आइओसीले पठाएको मूल्य अनुसार डिजेल\मट्टितेल लिटरमा ५४ रुपियाँ पेट्रोल लिटरमा ३१ रुपियाँ र ग्यास प्रतिसिलिन्डर २१६ रुपियाँका मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाउनुुपरेको निगमले जनाएको छ ।
यस विषम परिस्थितिबीचे बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको निगमले जनाएको छ ।