काठमाडौँ । ललितपुुरको हरिसिद्धिमा सोमबार फेला परेका श्रीराम ग्यास कम्पनीका सिलिन्डर नेपाल आयल निगमको टेकुु कार्यलयसँगै उद्योगकै विक्रि स्थलबाट विक्रि गरिने भएको छ ।
बजारमा ग्यासको अभाव भइरहेको बेला कृत्रिम अभाव गराई बढी मूल्यमा विक्रि गर्न लुुकाइएको अवस्थामा सोमबार ६ हजार ३७७ श्रीराम कम्पनीका सिलिन्डर फेला परेका थिए ।
बजार अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उदेश्यले जम्माखोरी गरेको अवस्थामा सिलिन्डर फेला परेपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जफत गरी श्रीराम ग्यास उद्योग प्रालिलाई तीन लाख रुपियाँ जरिवाना गरी ग्यास जफत गरेको थियो ।
जफत गरिएका सिलिन्डर निगमका कर्मचारीको निगरानीमा बुधबारदेखि टेकुु कार्यलय र वाफल स्थित डिपोबाट विक्रि गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले जफत गरिएका ग्यास सिलिन्डर टेकुु कार्यलयसँगै सिलिन्डर धेरै भएकाले अन्य विक्रिस्थलबाट विक्रि गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
उद्योगलाई अन्य सिलिन्डर साट्न नपाउने, बढी मूल्य लिन नपाउने, दैनिक क–कसलाई विक्रिको विवरण उपलव्ध गराउने सर्त सहित विक्रि गर्न दिइएको उहाँले जानकारी दिनुभयो । विक्रेताको विवरण उपलव्ध गराउनुुपर्ने,नयाँ सिलिन्डर विक्रि गर्न नपाउने सर्त राखिएको निगमले जनाएको छ ।
पछिल्लो समय बजारमा ग्यासको माग बढी हुुन थालेपछि उद्योगीले कृत्रिम अभाव देखाएर कालोबजारीमा विक्रि गदै आएका छन । मध्यपुर्वमा भएको तनावका कारण बजारमा ग्यासको अभाव हुने आंशकामा माग बढ्दा उपभोक्ताले सहजै रुपमा ग्यास पाउन सकेका छैन ।
निगमले भने नियमितरुपमा ग्यासको आयात भइरहेको जनाएपनि उपभोक्ताले भने ग्यास पाउन सास्त्री भोग्नुुपरेको छ । एउटा सिलिन्डर हुने विद्यार्थीसँगै अन्य सर्वसाधारणले सहजै रुपमा ग्यास पाउन सकेका छैन ।