आइतवार, श्रावण २४ गते २०८३
मध्यपूर्व तनाव अन्त्यको संकेत

ट्रम्पले भने– इरानविरूद्धको सैन्य कारबाही कम गर्न विचार गरिरहेका छौं

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाही कम गर्ने बताएका छन् । इरानसँग युद्धको तीन साता बित्नै लाग्दा ट्रम्पले हमलाको सम्पूर्ण उद्धेश्य लगभग पूरा भइसकेको दाबी गर्दै आक्रमण कम गर्ने बताएका हुन् । 

उनले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा पोस्ट लेखेर इरानमाथि जारी आक्रमण क्रमशः घटाउने विषयमा विचार गरिरहेको बताएका हुन् । उनले इरानमाथि हमला गर्नुका पाँचवटा उद्धेश्य उल्लेख गर्दै ती लगभग पूरा भएको दाबी गरेका हुन् ।  

ट्रम्पले इरानको मिसाइल क्षमता, प्रक्षेपण प्रणली र त्यससँग सम्बन्धित संरचनालाई निष्क्रिय पारिएको दाबी गरेका छन्।  

ट्रम्पले इरानी प्रतिरक्षा प्रणाली ध्वस्त पार्ने, इरानी नौसेना र वायुसेना र एन्टी एयरक्राफ्ट हतियार प्रणालीलाई समाप्त गर्नु आफ्नो उद्धेश्य रहेको र ती उद्धेश्य पूरा भएको दाबी गरेका हुन् ।  

इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिनू पनि अमेरिकाको अर्को उद्धेश्य रहेको उनले बताए । त्यो उद्धेश्य पनि लगभग पूरा भएको उनले दाबी गरेका छन् ।  

उनले इसराइल, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेत लगायतका देशहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको पनि उनले बताएका छन् ।     

 

प्रतिक्रिया
सम्बन्धित समाचार