आइतवार, श्रावण २४ गते २०८३

ईरानसँगको वार्ता ‘फलदायी’ भएको ट्रम्पको दाबी, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

सोमवार , चैत्र ९, २०८२

काठमाडौं ।  स्ट्रेट अफ हर्मुजको नाका पूर्ण रुपमा खुला गर्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय इरानसँग भएको वार्ता निकै सकारात्मक भएको बताएका छन् ।

विगत दुई दिनदेखि जारी सघन छलफलपछि ट्रम्पले मध्यपूर्वमा जारी युद्ध र तनावको पूर्ण समाधानका लागि ‘धेरै राम्रो र उत्पादक’ कुराकानी भएको बताएका हुन् ।

वार्ता सकारात्मक भएसँगै ट्रम्पले अमेरिकी रक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ वार) लाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् ।

donald trump.jpg

ट्रम्पको यो कदमसँगै लामो समयदेखि युद्धको सङ्घारमा रहेको विश्व राजनीतिमा केही राहतको संकेत दिएको छ ।  आफ्नो सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले वार्ताको प्रकृति र लय निकै गम्भीर, विस्तृत र रचनात्मक रहेको उल्लेख गरेका छन् ।

यो सकारात्मक वातावरणलाई थप मजबुत बनाउन इरानसँगको वार्ता यसै हप्ताभरि जारी रहने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार