काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी द्वन्द्वको पूर्ण समाधान निकाल्नेगरी इरानसँग निकै राम्रो वार्ता भएको दाबी गरेसँगै कच्चा तेलको भाउ घटेको छ ।
यसअघि आइतबार बढेर उच्चतम १ सय ११ डलर प्रतिब्यारेलसम्म पुगेको ब्रेन्ट क्रुडको मुल्य सोमबार ट्रम्पको घोषणापछि घटेर न्युनतम बिन्दूमा ९५ डलर प्रतिब्यारेलमा कारोबार भयो । अमेरिका र युरोपमा शेयरको मूल्य बढेको छ ।
‘मध्यपूर्वमा जारी द्वन्द्वबारे पूर्ण समाधान निकाल्नेगरी अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा निकै राम्रो र फलदायी संवाद भएको खबर गर्न पाउँदा मलाई निकै खुसी लागेको छ,’ ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।
उनले आगामी ५ दिनसम्म इरानका ऊर्जा पूर्वाधारमा कुनै आक्रमण नगर्न अमेरिकी सेनालाई निर्देशन दिएका छन् ।