आइतवार, श्रावण २४ गते २०८३

इन्धन खपत घटाउन गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी

सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने गृहकार्य

मंगलवार , चैत्र १०, २०८२


काठमाडौँ। सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो । यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरेको छ । 

पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने गृहकार्य गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार