काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
मध्यपर्व तनावका कारण विश्वबजारमा उर्जा संकट गहिरिदै गएपछि विश्व अर्थतन्त्रका दुई हस्ती मुलुकका कार्यकारी प्रमुखबीच कुराकानी भएको हो ।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाको लागि इरानसँग वार्ता भइरहेको तथा उक्त वार्ता निकै फलदायी रहेको बताइरहेको र इरानले भने त्यसलाई इनकार गरिरहेको अवस्थामा कुराकानी भएको हो ।
undefined
दुई जनाबीच भएको टेलिफोन कुराकानीबारे सामाजिक सञ्जालबाट जानकारी गराउँदै मोदीले कुराकानीको क्रममा मध्यपूर्व तनावका विषयमा दुई जनाको धारणा आदान प्रदान गरिएको बताएका छन् ।
साथै, भारत मध्यपूर्वमा शानित स्थापनको लागि सहयोग गर्न तयार रहेको र स्ट्रेट अफ हर्मुजको नाका सधै खुला रहने र यस नाकामा सारा विश्वको सहज पहुँच सुनिश्चित हुनुपर्ने मोदीले बताएका छन् ।