आइतवार, श्रावण २४ गते २०८३

रास्वपालाई अमेरिकी बधाई, नयाँ सरकारसँग सहकार्य गर्न ईच्छुक

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । अमेरिकाले नेपालमा गठन हुन लागेको नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताएको छ ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फोन गरेर यस्तो इच्छा देखाएको हो ।

us.png
undefined

गोरले चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको काठमाडौांस्थित अमेरिकी दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

दूतवासाबाट दिइएकोे जानकारी अनुसार गोरले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको जनाइएको छ । 

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै दुई तिहाई मतका साथ संसदको सबैभन्दा ठूलो दल बनेको छ ।

सोही दलका नेता बालेन्द्र शाह (बालेन)  ले शुक्रबार प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार