बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म

बुधवार , चैत्र ११, २०८२


काठमाडौँ । कांग्रेसले पार्टीको १५ औं महाधिवेशनको प्रस्तावित तालिका संशोधन गरेर असोज १६–१९ मा गर्ने निर्णय गरेको छ । सभापति गगन थापाले मंगलबारको बैठकमा भदौ २४–२६ को कार्यतालिका प्रस्तावित गरेका थिए । 

प्रवक्ता देवराज चालिसेका अनुसार त्यतिबेला वर्षात्‌को समय पर्ने भएकाले असोजमा सारिएको बताए । केन्द्रीय महाधिवेशनको तिथिसँगै तल्लो तहका अधिवेशनका तालिका समेत संशोधित भएका छन् । 
क्रियाशील सदस्यता वितरण, अद्यावधि गरेर अन्तिम सूची क्षेत्र र जिल्लामा पठाइसक्ने अवधि चैत २१ बाट जेठ १५ सम्ममा हुनेछ । जेठ मसान्तसम्ममा सदस्यताको सूची केन्द्रमा पठाउने र केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने अवधि असार १५ सम्म र निर्वाचन आयोगलाई असार मसान्त सम्ममा बुझाउने समय तोकिएको छ । 

निर्वाचन आयोगलाई सदस्यता अर्थात् मतदाताको सुची बुझाईएपछि साउन मसान्तभित्रमा विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन गर्ने समय दिइएको छ । त्यसपछि सुरु हुने गाउ“, नगर वडा अधिवेशन ६ हजार ७ सय ४३ वटामानै एकैदिन भाद्र २ गते हुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार