काठमाडौँ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहिबारदेखि लागुु हुने गरी पेट्रोल, डिजेल\मट्टितेल प्रतिलिटरमा समान १५\१५ रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार बजारमा अव तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १८७ र डिजेल÷मट्टितेल १६७ रुपियाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेका निगमले जनाएको छ । विगत एक महिना अघि देखि पश्चिम एशियाली मुलुकमा भएको युुद्धका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । निगमका अनुसार मार्च १ देखि २४ सम्म पेट्रोल प्रतिलिटरमा ७६ रुपियाँ र डिजेल लिटरमा १४३ रुपियाँ बढेको छ । ग्यासमा भने प्रतिसिलिन्डर २१६ रुपियाँ बढेको छ । निगमले एक साता अघि पेट्रोल लिटरमा १५ र डिजेल लिटरमा १० रुपियाँ मूल्य बढाएको थियो । मूल्य वृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपियाँ ५० पैसाबाट बढेर १८४ रुपियाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपियाँ पुुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपियाँ ५० पैसाबाट बढेर १६४ रुपियाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपियाँ पुगेको छ । निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ । इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको मूल्य अनुसार मूल्य समायोजन नभएको निगमले जनाएको छ । अन्तराष्ट्रिय बजरमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य बृद्धि भइरहदा पनि सोही अनुसार मूल्य सामायोजन हुन नसक्दा पाँच अर्ब घाटामा गएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य बृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा १५ अर्ब घाटा हुने देखिएको निगमले जनाएके छ ।