काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । नेता चयनको लागि उक्त पार्टीले विहिबार केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।
बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने रास्वपाले जनाएको छ । विहिबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक बस्नेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।
प्रधानमन्त्रीको उम्मेदवार बन्न पार्टीको संसदीय दलको नेता हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बैठक बसेर नेता चयन गर्न लागिएको हो ।