बुधवार, आश्विन १४ गते २०८३

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध

बिहिवार , चैत्र १२, २०८२


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेख्दै शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन भनेका हुन् ।

आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम हुँदैछ । भोलि प्रधानमन्त्रीको रुपमा रास्वपा बरिष्ठ नेता बालेन शाहले शपथ ग्रहण गर्दैछन् ।

शपथ ग्रहण समारोह मध्याह्न १२स्३४ बजे शीतल निवासमा हुनेछ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने कार्यक्रम समेत छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार