बुधवार, आश्विन १४ गते २०८३

कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण– कांग्रेस

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । संसदको तेश्रो ठूलो दल नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे अध्ययन गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । 

उक्त पार्टीले विहिबार पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । कांग्रेसले प्रतिवेदन अधुरो देखिएको र २४ भदौको घटनालाई आयोगले अलपत्र छोडेको कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले उक्त प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण देखिएको बताए । प्रतिवेदनको अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता र जेनजी आन्दोलनका युवा अभियन्ता समावेश समिति बनाउने जनाएको छ ।

२३ भदौको आन्दोलनका बारेमा प्रकाश पार्ने कोसिस गरे सरह २४ भदौको घटनालाई आयोगले अलपत्र छोडेजस्तो देखिएको चालिसेले बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार