काठमाडौं । मन्त्रीहरुको नाम टुङग्याउन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) छलफलमा जुटेका छन् ।
बालेनलाई पार्टीको केन्द्रीय समितिले विहिबार साँझ संसदीय दलको नेता चयन गरे लगत्तै दुई जना छलफलमा जुटेका हुन् ।
केन्द्रीय समितिको बैठक सकिए पछि रवि र बालेन एउटै गाडीमा चढेर गएका थिए । बालेनले प्रधानमन्त्रीको रुपमा शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
तर उनीसँगै को को मन्त्री बन्दैछन् भन्ने विषयमा बजार हाल्लाबाहेक आधिकारीक जानकारी पार्टीले दिएका छैनन् ।
२५ सदस्यीय मनित्रमण्डल गठन गर्न सकिने संवैधानिक व्यवस्था भएपनि बालेनले त्यसलाई घटाएर १८ सदस्यीय मन्त्रि मण्डल गठन गर्न चाहेका छन् ।
मन्त्रिको आकांक्षी धेरै भएको र रवि तथा बालेन समूहको पनि सन्तुलन मिलाउनुपर्ने भएका कारण मन्त्रिको नाम टुङग्याउन कठिन भएको रास्वपा स्रोतले बताएको छ ।
भर्खरै सम्पन्न निर्वाचनबाट रास्वता झण्डै दुई तिहाई मतका साथ संसदको बलियो मुख्य दल बनेको थियो । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको एक सय ८२ सांसद छन् ।